“प्रवासी हुनु रहर होइन बाध्यता हो “

everest kitchen

पुस्प राना “अनुग्रह”
मानिस चेतनशिल प्राणी भएता पनि कहिले काहीँ यो संसारमा भइ रहेको कुराले दृस्टीमा परिवर्तन भएर हरेक मनको कल्पनासँग सोँच्ने गर्छन् कि म उ जस्तै हुन पाए , उसले त गर्दै छ भने म पनि किन नसँकु , यो साहस र आँटले जिवनमा कतिको त परिवर्तन नै ल्याउँछ । त कतिको उठिबास पनि ।

हाम्रो दिमागलाइ सहि र ठिक कुरामा चलाउँन सकेनौँ र अरुको लहलइमा लागेर नकारात्मक शैलिका ढाँचा अनि नक्कल गर्न थाल्यौ भने पक्कै त्यो जीवन परिवर्तन हुन सक्दैन । त्यो त केवल जीवन बर्बादी तिर धकेली रहेको हुन्छ । कतिपय प्रवासीहरुको जीवन पनि यस्तै भइ राखेकोछ ।

कतिपय त हामीले हाम्रै आँखा अगाडि यस्ता घट्ना नदेखेको भने होइन । यहाँ राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखि दिन्छन् । किनकी यी सबै छर्लङ्ग देखिने भएकोले । यस्तै कालो कर्तुत नतावादको कारण स्वदेशमा रोजगारी पाउँन गाह्रो हुन्छ । कतै चल्छ त घुसखोरी यस्तै कारणले पुष्टि गर्दछकी हामी प्रवासी किन हुनु पर्‍यो भनेर । यो पक्का सँग भन्छु कि प्रवासी हुनु हाम्रो रहर होइन । संसारमा आँखा चिम्लेर सोँचेको गहिरो गतिलो सपना हो । जसको कारण जीवन परिवर्तन सँगै नयाँ सपनाको बिजय हाँसिल पनि हो ।

आजको घडीमा हरेक मानिसले आफ्नो सपना बुन्दै आफ्नो घर परिवार सँग विदाइको हात हल्लाउँदै सुखमा बस्ने रहर बोकेर अर्काको देशमा आफ्नै परिश्रमलाई आफ्नै पैसामा बेची प्रवास लाग्न बाध्य भएकाछन् ।

जसमा यी कुराहरु हामिमा पुर्ण नहुनु हो ।
क) सही निर्णय गर्न नसक्नु हामीलाई थाहा हुँदाहुँदै पनि हामी आफ्नो आत्म बलमा बिश्वास नगरी अन्धाकारमा निस्केको घमण्डमा बिश्वास गर्छौँ। घमण्डले हामीलाई माथी तिर होइन तल तिर धकेली रहेको हुन्छ । कसैले जिवनमा भोगी आएको गवाही आफू जस्तो हुन नपरोस भनेर अर्तीमा उपदेश दिएर भन्दै छ भने पनि हामी त्यसलाई पत्यार गर्दैनौँ । उल्टै जान्ने भको भनेर गिल्ला गर्न पट्टी लाग्छौँ ।

सिकाउनु पर्दैन हामीलाई नि थाहा छ भनेर भन्ने गर्छौँ । तर कहाँ जाँदैछौँ, के गर्दैछौँ भन्ने कुरा थाहा नपाएर त्यो निस्कनै नसक्ने दलदली हिलोमा भासी रहेका हुन्छौँ । अनि जब हामी निस्कनै सक्दैनौँ बल्ल जिवनमा भएको कमिको महसुस गर्दछौँ । र अरुको साहारा खोज्दछौँ । तर त्यस बेला कोहि हुँदैन । मात्र एक्लो जीवन त्यो पनि अरुले हेर्नै नसक्ने ।

अब यसरी होइन हामी आफै आफ्नो खुट्टामा उभिएर अधि बढ्नुपर्छ । हामीले पाएको ज्ञानलाइ सहि तरिकामा सदुपयोग गर्दै हाम्रो जिवनको व्यबहारमा उतार्नुपर्छ । जसको कारण तपाईं हाम्रो जीवन सदा झुल्की रहने सुर्य झैँ हुन सकोस् । सबैले बिहानी देखि बेलुकी सम्म उज्यालो प्रकाशको न्यानो अनुभव गरि रहन सकोस्। यसको प्रभाव तपाईं हाम्रो सन्तानमा पनि पर्न सकोस् । जसको कारण विश्व नै झलमल्ल हुन सकोस् ।

ख) गरिबी पनको सोँचाइ हो हामी गरिब छौँ होला । तर त्यहीँ माथी हामी आफै अझै केही गर्न सक्ने क्षमता बल हुँदाहुँदै पनि जो सफल हुन नसक्नेहरुको सिको गर्दै आफनो साहसलाइ गरिबिको कमजोरी पनामा ढाल्दै उल्टै जिवनलाइ बर्वादी तिर धकेल्ने प्रत्यग्न गरि रहेका हुन्छौँ । हामी कहिले पनि प्रयासमा अघि बढी पाइला चाल्दैनौँ ।

अघि बढ्ने पाइलाहरुलाइ पनि पछिल्तिर तानी रहेकोे हुन्छौँ । एकचोटि भएन भने अर्को चोटि प्रयास गर्दैनौँ । तर जिवनमा एक देखि अर्को प्रयास नै सफलताको सकारात्मक खुड्किला हो भन्ने बुझँनुपर्छ । र एक असफल सँग हार होइन जितको प्रयास हो भनेर अगाडि बढी रहनुपर्छ । अन्तिममा त्यो नै तपाईंको जिवनको उत्तम उदेश्यको सहि लक्ष्य हुनेछ । तपाईंको जीवन नै संसारको बत्ती हुनेछ । यस कारण आफनो गरिबी पनलाइ मगजमा घुमाएर थुप्रो पारी जिवनलाइ बोज बनाउने होइन त्यसलाई दिमागबाट निकाली सगरमाथा छुन्छु भन्ने आँट गर्नु चाहिँ तपाईंको जिवनको सफलता हो । यसलाई निरन्तर गर्नुहोस् ।

ग) प्रशस्त रोजगारीको ब्यबस्था नहुनु
धेरै रास्ट्रहरु मध्ये एउटा सानो रास्ट्र नेपाल पनि हो । भौगोलिकको कारण सानो भएकोले अरु रास्ट्रहरुमा भन्दा प्रशस्त मात्रामा कलकारखाना नहुनु र भएकोलाई पनि ब्यबस्थित रुपले संचालन नगर्नु पनि रोजगारीको मुख्य ब्यबस्था नभएको हो ।

यस कारण हामीले आफ्नो अमुल्य पसिना अर्काको देशमा बगाउँन बाध्य हुन्छौँ । हामी ती देशहरुको सिको गर्दैनौँ जहाँ प्रायः आफै स्वरोजगारी हुने गर्छन् । हाम्रो सोँचाइ यतिमा सिमित हुन्छ कि अब यसको असर तपाईं हाम्रो जिवनमा पर्दछ । त्यस पछि कल्पना गर्नुहुन्छ कि अब म यो देशमा रोजगारी बिहिन भएर बस्दिन। मैले केही गर्नु पर्छ । भन्ने जोस जाँगर निकाल्नुपर्छ ।

जसबाट तपाईं हामी आफै स्वतन्त्रभइ रोजगारीको भागिदार बन्छौँ ।जसले तपाईंको मगजलाइ बेरोजगारीको भावनाबाट अलग राख्दै सहि निर्णय गर्नमा सहायता पुग्छ ।
जसको कारण तपाईं सम्पन्नता मा परिणत हुनुहुन्छ । यो नै तपाईंको जिवनको उन्नतिको प्रगति हो ।

घ) उचित मात्रामा शिक्षा आर्जन गर्न नसक्नु
यसको पनि ठुलो असर छ प्रवासी हुनुमा । स्वदेशमा रोजगारी पाउँनको निम्ति उच्च शिक्षा चाहियो । त्यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो । पुर्ण शिक्षा लिनको लागि हाम्रो गरिबी पनले भ्याएन । अन्तमा “पढ्यो गुनो केही न काम हलो जोति खायो माम ” भन्ने भनाइलाई सार्थक गर्दै अबको अन्तिम उपाय के त ? खाडी मुलुक जानू आफ्नो परिश्रम आफ्नो पैसामा बेच्नु सिवाय केही हुँदैन ।

तर यी कुराहरू मध्यनजर गर्दै आफ्नो परिश्रमलाई स्वदेश तिर नै मान्यता र ठाँउ भएको भए यसरी अर्काको देशमा गाली खाइ खाइ दु:ख गर्नु पर्ने थिएनहोला । अब यी कुराहरूलाई मध्यनजर गर्दै ती प्रवासमा भएका जवान युवाहरुलाइ स्वदेश फर्क भनेर आह्वान सँगै नीति र नियम लागू गरि शिक्षामा जोड दिन हामी सबैले प्रत्यग्न गरौँ हाल मलेसियामा