गायक मिलन लामाद्धारा २८ विपन्न परिवारलाई राहत

everest kitchen

काठमाडौं । लोकदोरी गायक मिलन लामा कोभिड-१९ महामारीमा खाद्यान्न अभाव भएका बस्तिमा पुगेर राहत वितरण गर्ने कार्यमा जुटेका छन् । कोभिड-१९ प्रकोपबाट देशका अधिकांस जिल्लामा जारी निषेधाज्ञा जारि भएसंग खाद्यान्न अभाव हुनथालेको अवस्थामा उनले सहयोग जुटाएका हुन ।

गायक लामाले चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं. ८ स्थित माझी मुसहर बस्तिमा राहत वितरण गरेका हुन । माझी मुसहर बस्तिमा रहेका २८ अति गरिब तथा विपन्न परिवारलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको गायक लामाले जानकारी दिए ।

रोग र भोक दुबै बाट बाँचैा र बचाउँ भन्दै दोस्रोपटकको निषेधाज्ञामा सहयोग कार्यमा जुटेको बताएका छन् । साथै यस कार्यमा सहयोग गर्ने जापानमा रहेका यम खडका लगायत अभियान्ता प्रकाश र रोजिनालाई पनि गायक लामाले विषेश धन्यवाद दिएका छन् ।