लघुकथा – अनुसूची काव्या

everest kitchen

लघुकथा-अनुसूची काव्या

रसुवाली कवि –
उनी शहरको नामी समालोचक थिए । यसैले प्रायः कविता , कथा , लघुकथा , निबन्ध , गजल प्रतियोगिताहरुमा निर्यायकको रूपमा चुनिन्थे ।

तर प्रत्येक प्रतियोगितामा अनुसूची काव्या नामक साहित्यकारले प्रथमदेखी सान्त्वना मध्ये एउटा पुरस्कार पाएकै हुन्थिन् । यसमा आयोजक त छक्क पर्थे नै, स्वयं अनुसूची नै तीनछक्क हुन्थिन् ।

एकदिनले उनले समालोचकलाई सोधिन् – “बाबा जहिले पनि मलाई किन बिजयी बनाउनु हुन्छ ?” तिमी मेरी प्रेमिका हौ , मेरो बगैंचाको मगमगाउँदो फूल है त्यसैले समालोचकले काव्यिक पारामा भने ।

उनले लजाउँदै भनिन् – यी सबै तपाईंले नै लेखिदिनुहुन्छ भनेर आयोजनाले थाहा पाए भने त बेइज्जत पो होला है ? समालोचक ट्वाँ परेर हेरिरहे ।