विश्वकप फुटबल छनोट र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा

everest kitchen

काठमाडौं । राष्ट्रिय फुटबल टोलिको पूर्ण बन्द प्रशिक्षण सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा नेपाल सुपर लिगमा सहभागी खेलाडी आबद्ध भएका छन् । विश्वकप फुटबल छनोटको तयारी स्वरुप नेपालले आगामी मई २९ मा इराकको सामना गर्नेछ । उक्त खेल इराकको बसरामा हुनेछ । मैत्रीपूर्ण खेल सकिए लगत्तै नेपालले विश्वकप फुटबल छनोट अन्तगर्तको दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ । चाइनिज ताइपेइसँगको खेल जुन ३ मा कुवेतमा हुनेछ । जुन ७ मा नेपालले जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

इराक बिरुद्धको खेलको तयारीका लागि बन्द प्रशिक्षणमा गोलकिपरको रुपमा किरणकुमार लिम्बू, दीप कार्की र विशाल सुनार अटाएका छन । अभिषेक रिजाल, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, दर्शक गुरुङ, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, सेषेहाङ आङदम्बे बन्द प्रशिक्षणमा सहभागी छन् । त्यसैगरी, सुमन लामा, सुनिल बल, सूरज जेउ ठकुरी, निशाल खडका, पूजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, अयूष घलान, बिवेक बस्नेत, विकास खवास, रबि पासवान, रजिन धिमाल र अनन्त तामाङ बन्द प्रशिक्षणमा छन ।