नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

everest kitchen

काठमाडौं । नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ बोलको गीतको म्यूजिक भिडियो निर्माण भएको छ । विगत लामो समयदेखि कला क्षेत्रमा आवद्ध भएका नविनले सेलिना श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको चाहानामा यसपटक आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् । म्यूजिक भिडियो राम्रो बनाउनको लागी आफुले अत्यधिक मेहनत गर्नुपरेको उनी बताउँछन् । ‘यसमा मेरो मात्रै नभएर भिडियो निर्माणमा काम गर्ने सबै मेम्बरको उत्तिकै भुमिका छ’, उनले भने । भिडियो राम्रो हुनुमा सबै जस उनले टिम मेम्बरलाई दिन्छन् ।

न्यौपानेले प्रेम कथालाई भिडियोको बिषयवस्तु बनाएका छन् । भिडियोमा कसरी केही मान्छेको कारणले गर्दा प्रेम विछोड हुन्छ भन्ने कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा स्वयं आफैले अभिनय गरेका नबिनले निर्देशन गर्नु जटिल कार्य रहेका बताउँछन् । अझ निर्देशन सँगै अभिनय पनि गर्नु चुनौतीको कुरा रहेको उनको भनाई छ । हालसम्म उनले लघु चलचित्र, ठुलो पर्दाका चलचित्र, लगायत अन्य म्यूजिक भिडियोमा धेरै काम गरिसकेका छन् । हालसालै मात्र सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा बरुन कोइरालाको छायांकन तथा युग राज खड्काको सम्पादन रहेको छ । अभिनयमा नविनलाई दिपिका थापा मगरले साथ दिएकी छिन् । भिडियोको सहायक निर्देशनमा निकिता गुरुङ र मिरा गुरुङ रहेका छन् । त्यसैगरि प्रोडक्शनमा जिवन जँग थापा र प्रकाश भट्टराई रहेका छन् ।