अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगितामा हिरा लामा प्रथम, लता केसी द्वितीय

everest kitchen

काठमाडौं । नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाको आयोजनामा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिताको परिणाम घोषणा गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट गरिएको परिणाम घोषणाका अनुसार हिरा लामा प्रथम , द्वितीयमा लता केसी विजेता घोषणा भएका छन् ।

यस प्रतियोगिताका लागि २०७७ फागुनसम्म रचना माग गरिएको थियो । प्रतियोगिताका लागि दुई सय जति लघुकथा प्राप्त भएको आयोजकले जानकारी गराए। प्रतियोगितामा चितवनका हिरा लामा प्रथम, काठमाडौंकी लता केसी द्वितीय एवम् इलामकी हेमलता उप्रेती तृृतीय भएका छन् ।

यसरी पुरस्कृत हुने लघुकथाकारलाई प्रथमलाई बीस हजार, द्वितीयलाई पन्ध्र हजार एवम् तृतीयलाई दस हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यस पुरस्कारको निर्णायकमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. कपिल लामिछाने एवम् खेमराज पोखरेल रहेका थिए ।