रुकुममा पनि सुरु भयो कोरोना विरुद्ध लडन सहयोग अभियान

everest kitchen

रुकुम (पश्चिम) । विश्वव्यापी फैलिएको कोभिड-१९ विरुद्ध देश तथा विदेशबाट सहयोग जुटिरहेको अवस्थामा रुकुम (पश्चिम) मा सहायता अभियान थालिएको छ । “सहायता फाउन्डेसन नेपाल” नामक एक फाउन्डेसनको स्थापना गरि अभियान थालिएको हो ।

रुकुम (पश्चिम) मा जन्म भई देश तथा विदेशमा विभिन्न क्षेत्रमा कार्यरत रुकुमेली युवाहरूले रूकुम पश्चिममा कोभिड-१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग अभियान थालेको अभियन्ता तथा नेपाल प्रहरीमा कार्यरत लक्ष्मण ओलीले जानकारी दिए । अभियान्ता ओलीका अनुसार अर्का अभियान्ता रुकुमेली युवा तथा निजामती सेवामा कार्यरत अर्जुन भण्डारी र आफुले थालेको उक्त अभियानमा अहिले देश तथा विदेशबाट अभियानमा जोडिने क्रम जारी रहेको बताए ।

अभियानले “सहायता फाउन्डेसन नेपाल” को नाममा बैंक खाता खोलेर अभियान थालेको छ भने उक्त अभियान अन्तर्गत रहेर खातामा केही रकम जम्मा भईसकेको र थप रकम जम्मा हुने क्रममा रहेको बताएको छ । अभियानले पारदर्शी तवरवाट अस्पताल,स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा आवश्यक अक्सिजन प्लान्ट/कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्रीहरूमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

उक्त अभियानमा सहयोग गर्न चाहानेलेे “ग्लोबल आईएमई बैंक रुकुम (पश्चिम) शाखामा रहेको “सहायता फाउन्डेसन नेपाल” नाममा रहेको खाता नम्बर- ५३०१०१००००१७४ मा रकम जम्मा गर्न सकिने बताएको छ । विदेशमा रहनेले बैंकको स्वीफ्ट कोड -जीएलबीबीएनपीकेए प्रयोग गरेर रकम पाउने सकिनेछ ।