राजेश पायल राइको स्वर रहेको गीतमा अमित र क्रीन्चाको रोमान्स

everest kitchen

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तारा लिम्बुको शब्द शृजना रहेको छ भने कम्पोज तथा एरेन्ज सबिन लिम्बुको रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रीन्चा राइको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन । सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा आफ्नी प्रेमीकासँग विशेष समय बिताइरहेका प्रेमी अमित सुब्बाले ुआधा लैजाऊ तिमी माया आधा लिन्छु मैलेु भन्दै रोमान्टिक अवतारमा प्रेमिका क्रिन्चा राईलाई गज्जब तरिकाले उतारिएको छ । जहाँ अमित र क्रिन्चाको सशक्त अभिनय देख्न सकिन्छ ।

प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा रमाइलो पल बिताउँदै सजाएको मन मन्दिर दिँदै दिल दिने कुरालाई करिब ३ दर्जन भिडियोको निर्देशन गरिसकेका निर्देशक श्रेष्ठले कलात्मक तरिकाले भिडियोमा कैद गरेका छन् । साढे ५ मिनेटको भिडियो फिल्मी शैलीमा तयार पारिएको हुँदा दर्शकले रुचाउने निर्मात्री तथा गीतकार तारा लिम्बुले बताइन् । साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराले आगामी दिनमा पनि यस्तै शृजनालाई निरन्तरता दिने बताइन् । भनिन् काम गर्दै जाँदा नयाँ प्रयोग गर्न मन लाग्दो रहेछ र समयको बेगसँगै फरक शृजनाको जन्म हुँदो रहेछ । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ । जसमा रगं संयोजन नवीन निरौलाको रहेको छ। भिडियो सबिन लिम्बुको युट्यूव च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :