बैङ्क तथा वित्तीय संस्थाहरूले निषेधाज्ञा अवधिभर पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने

everest kitchen

काठमाडौँ । कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैङ्क तथा वित्तीय संस्थाहरूले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले त्यस्तो जनाएको हो । त्यस्तै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने भएका छन् ।

निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरिने राष्ट्र बैङ्कले गर्ने जनाएको छ ।