गृहमन्त्री थापालाई राष्ट्रियसभा उपनिर्वाचनमा पूर्ण सहयोग रहने नेपालको आश्वासन

everest kitchen

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती प्रदेश)मा हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार हुन । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन । भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनी पदमुक्त भएका थिए ।