राष्ट्रियसभा निर्वाचनः डा खिमलाल देवकोटा विजयी

everest kitchen

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन ।

आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।