एमालेको कार्यदल बैठक अन्योलमा

everest kitchen

 

हेटौंडा । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृतिलाई ‘अत्यन्त गम्भीरता’साथ भत्र्सना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशन अवज्ञा गर्ने कार्य भएको निष्कर्ष निकालेको हो ।

‘बैठकले बाग्मती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा देखापरेका पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरतासाथ लिँदै भत्र्सना गरेको छ,’ बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासंग मिलेर डा। खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका थिए । बिहीबार भएको मतदानमा नेपाल समूहले देवकोटालाई मतदान गरेको छ । एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ भए ।

बैठकमा प्रधानमन्त्री ओलीले कोभिड बढ्दो प्रकोप र यसविरुद्ध जारी प्रयास सम्बन्धमा समेत जानकारी गराए । महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री कमी हुन नदिन, एकीकृत ढंगले कोभिडविरुद्ध लड्न आवश्यक कानुनी र संरचना व्यवस्था गर्न एवं जनजीवन रक्षाका लागि ‘कुनै कमी हुन नदिने निर्णय बैठकले गरेको छ । राजधानी दैनिकबाट