अष्ट्रेलियाले कोभिडविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्ने

everest kitchen

 

काठमाडौं । अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिएको छ ।

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएको छ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल गरेको थियो ।