राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । उसले महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलले लोकतन्त्र र संविधानका पक्षधर शक्तिले उनलाई महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुनुपर्नेमा उसको जोड छ ।

अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पालीले जारी गरेको विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनको सिफारिस गर्नु र राष्ट्रपति भण्डारीले सरकार गठनका लागि २१ घण्टाको मात्र समय दिनु लोकतन्त्र र संविधानको हत्या गर्ने मनसाय देखिने वाईसीएलले उल्लेख गरेको छ ।