रुकुमका युवा व्यवसायी राजु केसीद्धारा जिल्ला अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री सहयोग

everest kitchen

मुसिकोट । युवा व्यवसायी नेपाली काँग्रेस रुकुमका महाधिबेशन प्रतिनिधि राजु केसीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले रुकुम पश्चिममा २ लाख बराबरको सहयोग गरेका छन ।

मुसिकोट नगरपालिका वडा नं। १ खलंगा घर भई हाल काठमाडौमा रहनु भएका आरटी ट्रेडर्स प्रालि का सञ्चालक समाजसेवी केसीले आज स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सामाग्री र सहायता फाउण्डेशनको कोषमा रकम जम्मा गरेर सहयोग उपलब्ध गराएका हुन ।

जिल्लामा कोरोना संक्रमितको दर दैनिक बढेको र एन्टिजीन किटको अभावका कारण परिक्षणको दायरा कम भएपछि उनले स्वास्थ्य सेवा कार्यालयलाई  सहयोग गरेको बताएका छन। केसीले आज एन्टिजिन परिक्षण किट २ सय थान, सर्जिकल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण भएका उक्त सामाग्रिहरुको मुल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले बताए ।त्यस्तै उनले आजै कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्याउने हेतुले रुकुम पश्चिममा सञ्चालन गरिएको सहायता फाउण्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा गरेका छन् ।

यसका साथै उहाँले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्जिकल माक्स र १ वटा अक्सोमिटर समाजसेवी शिवराम खत्री मार्फत प्रदान गरेका छन् । यतिवेला विश्वव्यापी कोरोनाको महामारीमा देश र जनता जुधिरहेको अवस्थामा आ(आफ्नो तह र तप्कावाट सहयोगमा जुटौं र जुटाऔं भन्ने उद्धेश्यले आफ्नो तर्फबाट सहयोग गरेको केसीले बताए ।

हालको यो महामारीको परिस्थीतिमा सम्पुर्ण देशवासीहरुमा कोरानो विरुद्ध लड्ने क्षमता वढोस् भन्दै सम्पुर्ण देशवासीहरुलाई सुरक्षित रहन समेत केसीले अनुरोध गरे ।

रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्धारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । केसीले विपद लगायत अन्य समयमा पनि जिल्लामा सहयोग गर्दै आएका छन् । पछिल्लो पटक रुकुममा पनि कोरोना संक्रमण तिब्र रुपमा फैलिएको तथ्यांकले पुष्टि गर्छ ।