राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव तोकेपछि देश अन्यौलमा

everest kitchen
file photo

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । उनले यस्तो निर्णय लिएसंगै देश फेरी एकपटक महामारीसंगै राजनीतिक अन्यौलमा फसेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने घोषणा समेत गरेकी छन् ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सो सिफारिस अनुसार राष्ट्रपतिले संसद भङ्ग गर्दै चुनावको मिति तोकेकी हुन ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए ।

देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीसंगै देश चुनावमा जाने भएपछि थप राजनीतिक अन्यौलता पैदा भएको विश्लेकहरु बताउँछन् । राजनीतिक विश्लेषकका अनुसार राष्ट्रपतिको निर्णय विरुद्ध दलहरू फेरि अदालत जानेछन् ।