जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ: नेता श्रेष्ठ

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनको भनाइ छ।

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन्,’ सिंहले लेखेका छन्,।

त्यस्तै, ‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ। यो निकृष्ट कर्म हो।’ उनले भनेका छन् ।