बारामा दुई नाबालक मृत्यु प्रकरण : आमासँगको नाजायज सम्बन्धका कारण नाबालकको घाँटी सेरियो

everest kitchen

अनिल गुप्ता,
बारा । बारामा दुई नबालकको घाटी रे, टी ज्यान लिने व्यक्ति पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने अब्दुल रहिम मियाँको २५ बर्षिया कान्छो छोरा फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जेठ ३ गते साँझ ७ बजेदेखी हराई बेपता भएका जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर टोल बस्ने अब्दुल गफार अंसारीको जेठो छोरा वर्ष ९ को अमान अंसरी र कान्छो छोरा वर्ष ७ को उसमान अंसारीको खोजतलास गर्ने क्रममा जेठ ४ गते बिहान मृत अवस्थामा फेला परेका थिए । सोही उपमहानरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनको कोठामा अज्ञात व्यक्तिले निर्मम तरिकाले ज्यान लिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायाब निरिक्षक गौतम मिश्रले जानकारी दिए ।

घटना पश्चात प्रारम्भिक अनुसन्धानको मृतकहरूको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको कमाण्डमा प्रहरी नायब उपरिक्षक मिश्रको टोली घटनास्थलमा खटी गई घटना बारे अनुसन्धान थालेको थियो ।

घटनाको थप अनुसन्धानको लागि प्रदेश नं. दुई प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटी आएको टोली तथा प्र.ना.उ. मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोलीेले संयुक्त रूपमा सुक्ष्म अनुसन्धानलाई तिब्रता दिएको थियो । प्रहरी उपरिक्षक शाहीका अनुसार वारदात सम्बन्धमा घटना भएको ठाउँसंग जोडिएका गाउँहरुको विभिन्न ५० जना व्यक्तिहरूसँग अनुसन्धानको कार्य शुरु गरी बिभिन्न प्रविधिको प्रयोग गरी तथा अनुसन्धानको क्रममा पोलीग्राफ समेतको प्रयोग गरिएको थियो

मृतकहरूकी आमा, एक दिदि र एक बहिनी गरी परिवारमा ५ जना मात्रै छुटै घरमा बस्ने गरेका थिए । मृतकहरूको बाबु अब्दुल गफार अंसारी बिगत ३ वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेको तथा सोही गाउँमा बस्ने अभियुक्त अन्सारीले मौका छोपी मृतकहरूको आमासंग सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको बताएको छ ।

अभियुक्तले मृतककी आमासंग सहयोग आदन प्रदान आएको र यहीबीच उनीहरूको घनिष्टटा र हिमचिम बढेको खुल्न आएको अनुसन्धानबाट खुलेको बताएको छ । घटना वारदात बारे गाउँमा बुझ्दा अभियुक्तले मृतकहरूलाई केही समयदेखि मिठाई किनिदिने, घुमाउन लैजाने गरेको तथा मृतकहरू समेत निजको साथमा निजले भने अनुसारको ठाउँमा जाने गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

आफ्नै आमा र अभियुक्तबीचको सम्बन्धको बारे मृतक बच्चाहरूलाई थाहा भएको र यो सालको ईदमा आफ्नो बुवा आउदा सबै कुरा भनी दिन्छु भनी मृतक बालकहरूले भन्ने गरेकोले नाजायज सम्बन्ध बारे भेद खुल्ने डरले घटना घटाएको हुन सक्ने बताएको छ । साथै अभियुक्तले मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता नगरेको अभियुक्तले स्वीकार गरेका छन् ।

अभियुक्तले ती भाउजु नाता पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भारततिर भागी गई बसौं भनी बारम्बार दवाब दिदै आएको खुलेको छ। मृतकहरूको आमाले छोराहरूलाई छाडन नमानेकोले सोको लागि मृतकहरू बाधक भएको तथा मृतकहरूकी आमा बिचको सम्बन्ध कामयावी हुन नसक्ने भएकाले तेरो दुबै छोरालाई मारीदिन्छु भन्ने धम्की समेत दिदै आएको बताएको छ ।

घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन पुगेकी थिईन । मृतकहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझ पख बच्चाहरूलाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई ती दुई नाबालकको घाटी सेरी ज्यान लिएर छाडी भागेको थियो । घटना घटेको बिहान ०४ः४१ बजे अतालिदै कलैया बजार चोकमा असामान्य तरिकाले हिडडुल गरेको सि.सि क्यामरामा कैद भएको बिहान बच्चाहरूको शवहरू फेला परे पछी अभियुक्त अंसारी समेत घटनास्थलमा पुगेको तर तालिम प्राप्त कुकुर आउदै छ भन्ने थाहा पाए पछी सो स्थानबाट भागी फरार भएको थियो ।

निज अभियुक्त अंसारीलाई खोजतलास गर्नका लागी निजको घरकोठामा जादा शंकास्पद रूपमा रहेको चक्कु र रगत जस्तो पदार्थ लागेको निजले लगाउने गरेको कम्मर पेटी (बेल्ट) समेत बरामद गरि निज उपर परेको किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान समेत भइरहेको ,जिल्ला प्रहरी कार्यालय बारा,कलैयाका प्रहरी प्रवक्ता प्र.ना.उ. गौतम मिश्र जाजकारी गराएका छन् ।