अमेरिकामा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

everest kitchen

एजेन्सी । आइतबार अमेरिकाको ओहायो योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् । घाइते भएकाहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ, “ आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।