जङ्गली च्याउ खाँदा एकको निधन

everest kitchen

 

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए । बर्षातको समयमा खान मिल्ने जङ्गली च्याउ उम्रिने गरेपनि कतिपय च्याउ खान मिल्ने भनेपनि बिषालु हुने गरेका छन् ।

गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएकी थिईन ।