मलेसियामा मृत्यु भएका राईको दाह संस्कार गरियो

everest kitchen

ड्युटि सकेर रुम फर्किन लाग्दा पिउने पानी भर्दा भर्दै बेहोस भएर मलेसियामा मृत्यु भएका कल्याणकूमार राईको मलेसियामै दाह संस्कार गरिएको छ ।
मे १० तारिख २०२१ को दिन मृत्यु भएका राईको नेपाल स्थित घर खोटाङ्ग जिल्ला, खोटेहाङ्ग गाउँपालिका–६ इन्द्रेणी पोखरी कात्तिके गाउँमा रहेको थियो भने उनि बिगत झन्डै २० बर्ष देखि मलेसियामा बसोबास गरिरहेका थिए ।
कोरोना महामारीको कारणले नेपाल मलेसिया हवाई सम्पर्क अहिले बन्द रहेकोले लास नेपाल पठाउन असम्भव भएपछि परिवारको सहमतिमा मलेसियामा दाह संस्कार गरिएको थियो ।
मृतकको दाह संस्कारको लागि यज्ञकूमार राई र रामकूमार राईले सहयोगिको भूमिका खेल्नु भएको थियो ।