बुधबार संक्रमण र निको हुने संख्या बराबर, १४५ जनाको निधन

everest kitchen

काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने संख्या समान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना डिस्चार्ज भएका छन् ।

निको हुने दर ७६.९ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । १९ हजार ३० पीसीआर र ३२२ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १,४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १,१३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् । मुलुकमा कूल संक्रमित संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।