चिकित्सक माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

everest kitchen

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन । ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोरा भरत रावतलगायत चार/पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेको थियो । मृतकका आफन्तको आक्रमणबाट चिकित्सक दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अन्सारी तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पतालले जनाएको छ । चिकित्सक र नर्समाथि आक्रमण गर्ने मृतकका आफन्त, भाइ मानबहादुर, छोरा भरत र लोकराज रावतलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।