“ओम’ लेखिएको इयर-रिङ्स लगाउँदै फोटोसुट गरेपछि किम विवादमा

everest kitchen

एजेन्सी । ‘ओम’ लेखिएको इयर-रिङ्स लगाउँदै फोटोसुट गराएपछि अमेरिकी रियालिटी स्टार कीम कार्दासियन विवादमा तानिएकी छिन् । आफूहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उनका हिन्दू प्रशंसकहरु विरोधमा उत्रिएका छन् ।

सामाजिक संजालमा कीमको विरुद्धमा व्यापक आक्रोश पोखिएको छ । केही हिन्दूवादी भारतीय संगठनले विज्ञप्ती जारी गर्दै कीमले तत्काल माफी माग्नुपर्ने माग गरेका छन् । गत आइतबार ट्वीटरमार्फत कीमले उक्त फोटोसुटका तस्विर सेयर गरेकी थिइन् ।

जहाँ उनले हिन्दू धर्ममा पवित्र मानिने ओम आकारलाई कानमा झुन्डाइएको रिङको रुपमा लगाएकी थिइन् । युनिभर्सल सोसाइटी अफ हिन्दुज्मका अध्यक्ष राजन जेडले विश्वभर पवित्ररुपमा लिइने हिन्दू धर्मको ओमलाई यौनिक फेसनको रुपमा प्रयोग गरिएको भन्दै विरोध जनाएका छन् ।