त्रिवेणीमा वडा स्तरबाटै घरघरमा स्वास्थ्य सचेतना कार्यक्रम

everest kitchen

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाले प्रत्येक वडाहरुमा वडास्तरबाटै स्वास्थ्य सचेतना तथा कोभिड संक्रमितको अवस्था बुझ्न निर्देश जारी गरेसंगै वडापालिकाहरु सक्रिय रहेका छन् । प्रत्येक वडापालिका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको संयुक्त टोलिले वडामा बसोबास गर्ने मानिसको स्वास्थ्य अवस्था, स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामाग्री वितरण अभियान थालेका हुन ।

अभियान अन्तर्गत वडा न: ३ को पहलमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट कसरी सुरक्षि रहने र यो महामारीको समयमा अन्य रोगहरुबाट कसरी बच्ने भन्ने बारेमा सचेतना फैलाउन घरदैलो कार्यक्रम गरेको छ । कोरोना भाईसर तथा सामान्य रोगहरु ज्वरो, रुघाखोकी, ग्यास्ट्रिक,दम लगायतका विभिन्नरोगहरुबाट पीडितको घरमा पुगेर स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामाग्री वितरण गरेको वडाअध्यक्ष मोहन ओली जानकारी दिए ।

त्रिवेणी गाउपालिका अस्पताल इन्चार्ज कृष्ण बहादुर ओलीलेसहितको वडा अध्यक्ष महोन ओली नेतृत्वको टोली उक्त कार्यक्रम गरेको हो । कार्यक्रमको क्रममा वडा कार्यालयका कर्मचारी पहल गिरिले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका थिए भने अस्पताल ईन्चार्ज ओलीले विरामीलाई स्वास्थ्य सल्लाह दिएका थिए ।

त्यस्तै त्रिवेणीको वडा नम्बर ६ मा पनि उक्त कार्यक्रम गरिएको छ । वडा अध्यक्ष राजेन्द्र पुनको नेतृत्वमा स्वास्थ्यकर्मी कुमार घर्ती र त्रिवेणी गाउँपालिका अस्पतालका ल्याब टेक्नेसियन भरत बिक्रम बुढाथोकीको संयुक्त टोलीले वडावासीको स्वास्थ्य अवस्था बुझेर स्वास्थ्य सल्लाह दिएको थियो ।

साथै घरदैलो कार्यक्रममा अन्तर्गत सामाजिक दुरी कायम गरि वडा अध्यक्ष पुनले स्वास्थ्य सामाग्री तथा सामाजिक सुरक्षा भत्तासमेत वितरण गरेका थिए । त्यस्तै गाउँपालिकामा रहेका अन्य वडाहरुमा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।