जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप

everest kitchen

एजेन्सी । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । अपोलो समूहले खोपका लागि ९९५ भारतीय रुपैयाँ लिने साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने बताएको छ । अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीले जारी एक विज्ञप्तिमा “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको जनाएको छ ।

अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिने समूहले जनाएको छ । उनीहरूको खोप कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै कामिनेनीले भनीन, “जुन महिनामा हामी हरेक हप्ता १० लाख खोप लगाउने छौँ भने जुलाईमा यो क्षमतालाई दुई गुणा बढी बनाउने छौँ । हामी यो बर्षको सेप्टेम्बरसम्ममा २० करोड खोपहरू लगाउने कामलाई सम्पन्न गर्ने उद्देश्य लिएका छौ ।”

रूसी खोप स्पुत्निक–भी भारतमा यस महिनाको सुरुदेखि लगाउन थालिएको हो । रिपोर्ट अनुसार भारत र रूसले हरेक महिना तीन करोड ५० लाखदेखि चार करोड खोप उत्पादन गर्ने बताएका छन् जुन अगस्ट वा सेप्टेम्बरदेखि सुरु हुनेछ ।