स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

everest kitchen

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ भने कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

यस्तै, सरकारले सबै स्थानीय तहमा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरेको छ । कोरोना महामारीसंगै नेपालको जटिल अवस्थालाई मध्येनजर गरेर यसअघि भन्दा धेरै बजेट विनियोजन गरिएको हो ।