च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

everest kitchen

एजेन्सी । चेल्सीले सन् २०१२ पछि दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोमा गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर सिटीलाई हराएर चेलसीले यूरोपको सबैभन्दा धेरै राशीको पुरस्कारसहितको उपाधि हात पारेको हो । चेलसीको म्यान्चेष्टर सिटीमाथि लगातार यो तेस्रो जित हो । केइ हभार्जले गरेको एक मात्र गोल चेल्सीलाई उपाधि दिलाउन पर्याप्त भयो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मेसन माउन्टको पासलाई उनले गोलमा परिणत गरे । हभार्जको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो ।

खेलमा चेल्सीका टिमो वर्नरले गोलका लागि पाएको दुई उपयुक्त अबसरको सदुपयोग गर्न सकेन । म्यान्चेष्टर सिटीले भने दोस्रो हाफको मध्यतिर केभिड डे ब्रुन घाइते भएर फर्किदा सर्जियो अग्वेरोलाई प्रवेश गरायो । तर सिटीका लागि सबैभन्दा बढी गोल गर्ने सूचीमा रहेका अग्वेरोले समेत चेल्सीको रक्षात्मक पद्धतिलाई चिर्न सकेनन । प्रशिक्षक थोमस टुचेलले पेरिस सैन्ट जर्माइन पछिल्लो संस्करणको फाइनलमा बेहोरेको हारपछि चेल्सीको जितले राहत तुल्यायो । हारसँगै म्यान्चेष्टर सिटीको पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने सपना तुहियो । सेमिफाइनलमा पेरिस सैन्ट जर्माइनलाई हराएर सिटी फाइनलको यात्रा तय गरेको थियो । चेल्सी दुई पटक च्याम्पियन्स लिग जित्ने तेस्रो इंग्लीश क्लब हो । यसअघि लिभरपुल र म्यान्चेष्टर यूनाइटेडले दुई पटक उपाधि जितेको छ । त्यसैगरी, चेल्सीले आफ्नो क्लब फुटबलको इतिहासमा सातमध्ये छ ट्रफी उचाल्न सफल भएको छ । जारी संस्करणमा चेल्सीको यो चौथो सफलता हो ।