नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा तेश्रो पटक पगेंनि निर्वाचित

everest kitchen

समीर मल्ल
क्वालालम्पुर– नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा फेरि पनि चोलाकान्त पंगेनि निर्वाचित भएका छन् ।
मे ३०, २०२१ आईतवारको दिन भर्चुअल कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रममा मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नेपालबाट प्रमुख अतिथिमा बिमलेन्द्र निधि त्यसैगरि विशेष अतिथिमा सूजता कोइराला तथा अतिथिहरुमा भिष्मराज आङदेङवे, धनराज गुरुङ्ग, गोबिन्द भट्टराई, पूर्ण बहादुर गुरुङ्ग तथा आनन्द बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन समितिले हरि प्रसाद भुसालको संयोजकमा ४ सदस्य निर्वाचन आयोग समिति गठन समेत गरेको थियो । समितिको मलेसियाबाट ५०२ जना क्रियाशील सदस्य नेपाली कांग्रेस केन्द्रबाट स्वीकृत भएको हुँदा १४ औं अधिवेशनमा ७ जना चोलाकान्त पङ्गेनी, महेन्द्र जङ्ग शाह ,टेक टमाटा,बिनोद थापा, कमल गौतम,सन्तोष रिजाल,राकेश कुमार महतोले भाग लिन पाउने भएकोले ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि चुनिने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्ष पगेंनिको सभापतित्वमा सम्पन्न अधिबेशनको सहजीकरण सन्तोष रिजालले गर्नुभएको थियो । अधिवेशनबाट चोलाकान्त पगेंनिको अध्यक्षतामा बनेको कार्य समितिमा उपाध्यक्ष : महेन्द्र जङ्ग शाह, टेकबहादुर टमटा, बिनोद थापा, कमलप्रसाद गौतम, चक्र मल्क ठकुरी, राकेश कुमार महतो त्यसैगरि महामन्त्रीमा हरि प्रसाद कोइराला, सह– महामन्त्रीमा दिपक अधिकारि, कोषाध्यक्षमा जनकबहादुर बम रहेका छन् भने सदस्यहरु: अन्जु रेग्मी, चमेली लम्साल, दिपक तामाङ, घनश्याम चौधरी, जलन्धर उप्रेती, कुमार ओझा, नरेन्द्र लामा, यज्ञ कुमार राई, तेज कुमार राई, निलकण्ठ अर्याल, जीवन पाखृन चयन भएका छन् । त्यसैगरि सल्लाहकारहरुमा : जितमान लिम्बु, सुमन याख्खा, जयराम तिमिल्सेना, राम कुमार राई रहनुभयको छ ।