राक्सिराङको ६ नम्बर वडामा ४३ जनामा गरिएको परिक्षणमा २७ जनामा कोरोना पोजिटिभ

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नं.६ मा आज भएको कोभिड टेस्टमा २७ जना कोभिड पोजिटिभ भेटिएको छ। पोजिटिभ देखिएका मध्य १७ जना पुरुष र १० जना महिला रहेका छन् ।

गाउँमा ज्वरो आउने,रुघाखोकी लाग्ने,खाना मिठो नलाग्ने बिरामिको संख्या बढे पछि वडा अध्यक्ष सिंग लाल प्रजाले गाउँपालिका सँग समन्वय गरि राक्सिराङ ६ को सिलाधुनीमा १६ र सिलिङ्गेमा २७ एन टि जेन मार्फत आज गरेको टेस्टमा २० जना स्थानीय बासिन्दा र श्री राष्ट्रिय माबि सिलिङ्गेमा कार्यरत ७ जना मजदुरमा पोजिटिभ देखिएको हो । सिलाधुनिमा १६ जनाको टेस्ट गर्दा १५ जना पोजिटिभ देखीएको थियो भने सिलिङ्गेमा २७ जनामा गरिएको टेस्टमा १२ जनामा पोजिटिभ देखिएको छ।

वडामा कोरोना पोजिटिभ देखा परेपछि वडा नं. ६ भित्र पर्ने सबै नाका बन्द गर्ने बाहिर बाट आउने लाई पनि प्रबेश निषेध गरिने वडाअध्यक्ष प्रजाले जानकारी दिए । सबै पोजिटिभ बिरामीहरुलाई उच्च मनोबल बनाई रहन अनुरोध गर्दै वडा भित्र कोरोना पोजिटिभ भएमा बिरामीहरुलाई स्वास्थमा जटिल समस्य आई परेमा वडाकै खर्चमा एम्बुलेन्स सेवा दिनेसमेत वडाअध्यक्ष प्रजाले बताए ।