क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुखमा निक हक्ली नियुक्त

everest kitchen

काठमाडौं । निक हक्ली क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुख नियुक्त भएका छन । त्यसअघि उनी क्रिकेट अष्ट्रेलियाका अन्तरिम प्रमुखको रुपमा एक वर्षसम्म जिम्मेवारी सम्हालेका थिए ।

कोभिड १९ महामारीको बेला क्रिकेट अष्ट्रेलियामा आफ्नो दायित्व राम्ररी निर्वाह नगरेको आरोप लागेपछि नियमित कार्यकारी प्रमुख केभिन रोबर्टले गत् जुन महिनामा राजिनामा गर्नुपरेको थियो । त्यसयता हक्ली अन्तरिम प्रमुखको जिम्मेवारीमा थिए ।