ओसाका फ्रेन्च ओपनबाट बाहिर

everest kitchen

एजेन्सी । विश्व वरियतामा दोस्रो नम्बरमा रहेकी महिला टेनीस खेलाडी नाआमी ओसाकाले पहिलो खेलपछि फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन । ओसाकाले समाजिक संजालबाट यस बारेमा जानकारी गराउदै सन २०१८ को युएस ओपन पछि आफ डिप्रेसनमा रहेकी जनाएकी छिन । फ्रेन्च टेनीस फेडरेसनका प्रेसिडेन्ट गाइल्स मोरेटनले यो कुराको पुष्टि गर्दै ओसाका बाहिर भइपछि उनी निराश भएको बताएका छन । मोरेटनले ओसाकाको स्वास्थ्य छिटै निकोहुने बताएका छन । ओसाकाले समाजिक संजालमा पोस्ट गर्दै आफ्ना सर्मथकहरुलाई आफु विगत तीन बर्षदेखी ड्रिपेसनसँग जुधिरहेको बताएकी छिन । उनले आफु सन २०१८ को युएस ओपन देखी आफु मानसिक तनावमा रहेको पोष्ट गरेकी छिन । मानसिक तनावबाट बाहिर निस्कन उनले अपठ्यारो परिस्थितीको सामना गरिरहेको बताएकी छिन । हाल पेरिसमा उनले आफुलाई असुरक्षित महसुस गरिरहेकी छिन । यसकारण उनले प्रेस कन्फेन्समा सहभागिता नजनाएको बताईन ।

यस बर्षको अस्ट्रेलियन ओपन च्याम्पियन ओसाकाले फ्रान्सेली ओपन पनि राम्रो सुरुवात गरेकी थिईन । उनले पहिलो राउन्डको खेलमा प्याट्रिसिया मारिया टिगलाई ६-४, ७-६(४) ले पराजित गरिन । दोस्रो चरणमा उनले रोमानियाको अन्ना बोग्डानको सामना गनुपर्ने थियो। बोग्डानले पहिलो राउन्डमा इटलीको इलिसाबेटा कोसिअर्टोलाई ६-१, ६-३ ले पराजित गरेकी थिईन । ओसाकाले ग्रान्ड स्ल्याममा अहिलेसम्म लगातार १५ खेल जितेका छिन्। ओसाकालाई आइतवार करीव १० मिलियन डलर जरिवाना गरिएको थियो। जितपछि प्रेस सम्मेलनमा भाग नलिएकोले उनीमाथि यो जरिवाना लगाइएको हो। आयोजकहरूको तर्फबाट यदि उनले भविष्यमा पनि प्रेस सम्मेलनलाई वेवास्ता गरे उनीमाथि थप प्रतिबन्ध लगाउन सकिने जनाएको छ। टेनिस आचार संहिता को अनुच्छेद ३ एच अनुसार ग्रान्ड स्लैम आयोजकहरुले खेल को प्रचार को लागी मिडिया सँग संलग्न हुन खेलाडीहरुलाई प्रोत्साहित गर्ने गर्दछ।

 

 

 

्र