कलाकार मदन कृष्ण श्रेष्ठले जिते कोरोना

everest kitchen

काठमाडौं । नेपालका चर्चित कलाकार मदन कृष्ण श्रेष्ठले कोरोना भाईरसलाई जित्न सफल भएका छन । आज समाजिक संजाल फेसबुक मार्फत उनले आफुले कोरोनालाई पर्छान सफल भएको प्रतिक्रिया दिएका छन । कोरोना जितेपनि उनको पिसीआर टेस्ट गर्दा रिपोर्ट पोजेटिभ नै आएको छ । तर उनका परिवारको सबै सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको मदन कृष्णले बताएका छन । मदन कृष्णको रिपोर्ट पोजेटिभ आएपनि उनको शरीरमा रहेका कोरोनाका भाईरसहरु मरिसकेको र अब उनको शरीरमा ती भाईरसहरुको लाश मात्र रहेको डाक्टरले बताएको मदन कृष्णले जनाएका छन ।

विगत लामो समयदेखी कोरोनासँग जुधिरहेका मदन कृष्ण घरमै रहेर कोरोना बिरुद्दको लडाई लडिरहेका थिए । पछिल्लो पटक उनमा कोरोना पोजेटिभ देखिएपछि उनी पहिलो पटक ८ दिन र दोस्रो पटक १४ मेडिसिटी हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । गत एक हप्ता अगाडि मात्रै उनी हस्पिटलबाट डिस्चार्ज भएर घर फर्केका थिए । डाक्टरका अनुसार उनको शरीर अब एन्टिबडी बनिसकेको र उनलाई अब अरुबाट कोरोना सर्ने खतरा नरहेको र उनीबाट पनि कसैलाई कोरोना भाईरस सर्ने खतरा नरहेको बताएको मदन कृष्णले जनाएका छन । आफु बलियो हुदै गएपछि मदन कृष्णले फेसबुकमा लेखे “मलाई माया, शुभेक्षा र आर्शिबाद बर्षाउँदै, मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु।”