चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

everest kitchen

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले मंगलबार राति बेइजिङबाट ल्याएको हो ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने भएको छ भने उक्त खोप युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको बताएको छ ।