विवेकशील साझाका नेता उज्वल थापाको निधन

everest kitchen

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

थापा कोभिड-१९ पोजेटिभ भएपनि उनको कोभिड रिपोर्ट भने नेगेटिभ आइसकेको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालबाट रगतबाट अक्सिजन दिएर उपचार गर्नका लागि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।

सुरुमा ह्ययाम्स अस्पताल उपचार गरिएको थियो । त्यहाँ पनि ठीक नभएपछि ग्रान्डी लगिएको थियो । इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ । उनलाई १८ दिन अघि कोभिड-१९ संक्रमण देखिएको थियो ।