नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह

everest kitchen

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले आन्तरिक विवाद र समसामयिक राजनितिक अवस्था बारे छलफल गर्ने भन्दै बुधबार बस्ने भनेको बैठक स्थगनपछि आज बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।

एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।