विश्वमाभर खाद्यान्नको मुल्य बृद्धि

everest kitchen
photo file

काठमाडौँ । संयुक्त राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)ले अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य दशकयताकै महँगिएको तथ्य सार्वजनिक गरेको छ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात बढाइरहेका मुलुकहरूका लागि यो खुशीको खबर हो ।

कृषिप्रधान मुलुक कहलिएको नेपालले भने यसको लाभ लिन नपाउने भएको छ । एफएओको तथ्यांकअनुसार मे महिनामा विश्व खाद्य सूचकांक १२७.१ बिन्दु पुगेको छ । गत अप्रिलको तुलनामा ४.८ प्रतिशत बढी हो । गत वर्ष मे महिनाको तुलनामा ३९.७ प्रतिशतले बढेको हो ।

वनस्पति तेल, चिनी र अनाजको अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धिले खाद्य सूचकांकलाई बढाएको एफएओले बताएको छ । भारतले आफ्ना किसानलाई निर्यातमा अनुदान दिएर त्यहाँका किसानलाई उत्पादनमा प्रोत्साहन गरिरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा खाद्यान्‍नको मूल्य बढिरहँदा निर्यात बढाइरहेको भारत किसानले आफ्नो उत्पादन बढाएर उचित मूल्य उठाउन सक्छन् ।