नेपाल प्रति डेलीमेलको भ्रामक समाचारको नेपाली दूतावास लन्डनको आपत्ति, समाचार सच्याउन आग्रह

everest kitchen

काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेपछि नेपाली दुतावासले आपत्ति जनाएको हो ।

डेलिमेलको समाचार आधारहीन रहेको भन्दै दुतावासले एक विज्ञप्ति जारी गर्दै “नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले उल्लेख गरेको छ ।

साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेकोसमेत उल्लेख गरेको थियो ।