मध्यपश्चिमको भाका सिंगारु- “सुन मैना” (भिडियो)

everest kitchen

रुकुम । पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा लोक बिधाले सबैको मन जितिरहेको छ। झनै मौलिक गीतहरु सबैको मनमा बसिरहेको हुन्छ नै कलाकारहरुले आ-आफ्नो ठाँउको यथार्थ मौलिक परिवेशलाई लोक गीतमा उतार्ने गरेका छन्। यस्तैमा रुकुम, सल्यानमा गाईने सिंगारु गीतको भाकालाई नयाँपनसहित रुकुमेली सर्जकहरुले “सुन मैना” बजारमा ल्याएका छन् ।

रुकुमेली सर्जकहरुले नितान्त मौलिक पहिचान गराउने हेतुले सिंगारु गीत ” सुन मैना” बजारमा ल्याएका हुन । यो गीतमा मौलिक गीतहरुलाई विशेष प्राथमिकता दिएर शब्द संगीत सिर्जना गर्दै आएका भद्र नकालले मिठो भाका भरेका छन् भने प्रस्तुति चक्रराज खड्काको रहेको छ।

चन्द्र खड्काको शब्द रहेको उक्त गीतमा पश्चिम रुकुमका गायक गोपाल ओली स्पन्दन र उर्मिला गौतमको आवाज रहेको छ। गीतले मध्यपश्चिम क्षेत्रभित्रको मौलिक परिवेशलाई पहिचान गरेको गायक ओलीले बताए । ओलीका अनुसार यो भाका बुढापाकाले असाध्यै रुचाउने र नयाँ पुस्ताले पनि रमाउने भएकोले भाकाको निरन्तर संरक्षण होस भनेर गीतमा बजारमा ल्याएको हो ।

सिंगारु एउटा मौलिक विधा हो । विशेषत: मध्यपश्चिमको मौलिक परिवेशमा गाईने “सिंगारु” अझ सल्यान, रुकुम तिर यो भाकालाई औधी रुचाइन्छ र गाइन्छ पनि । मेला तथा विभिन्न चाडपर्वमा गाउँदै आएको उक्त भाकालाई पछिल्लो समयमा कलाकारहरुले आफ्नो मौलिक परिवेशलाई जिवित राखिराख्न र अरुसामु पहिचान दिने भन्दै यो भाकालाई प्राथमिकतामाा राखेर गाउने क्रम बढ्दो छ।