संक्रमित श्रीमतीको उपचार नगरिदिएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात

everest kitchen

सुर्खेत । हुम्लामा एकजनाले संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै एक जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि हातपात भएको हो।

बुढामाथि स्थानीय अमृत रोकायले हातपात गरेका हुन्। शिक्षक समेत रहेका रोकायले संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । शर्माका अनुसार रोकाय गौरिशंखर प्राथमिक विद्यालयमा पढाउँछन्।

स्वास्थ्य चौकीको कम्पाउन्ड परिसरमा घटना भएको भन्ने खबर आएको छ। स्वास्थ्यकर्मीले चौकीमा आएर निवेदन दिनुभएको छ,’ शर्माले भने। यसबारे थप छानबिन गरेर दोषीमाथि कारबाही अगाडि बढाउने शर्माले बताए । घटना घटेको स्थानमा प्रहरी पुग्न झण्डै दुई घण्टा पैदल हिड्नुपर्छ ।