रुकुम पश्चिमको मनकामना हस्पिटलद्धारा सहुलियतपूर्ण एम्बुलेन्स सेवा सञ्चालन

everest kitchen

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलले सहुलियतपूर्ण एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड-१९ को महामारीमा परेको समस्यालाई मध्येनजर गरेर हस्पिटलले एम्बुलेन्स सञ्चालन गरेको हो ।

हस्पिटलले शुक्रबारदेखि कोभिड-१९ संक्रमित बिरामीलाई सहज सेवा र अन्य बिरामीलाई सुरक्षितसंग सेवा दिन सुरु गरेको हस्पिटल सञ्चालक डाक्टर यज्ञप्रसाद बुढाथोकीले बताए । रुकुम पश्चिममा अझैपनि एम्बुलेन्स सेवा कमै मात्रामा उपलब्ध भएकोले सहजै बिरामीले एम्बुलेन्सको प्रयोग गर्न सकुन् भनेर सेवा सञ्चालन गरेको उनले बताए ।

एम्बुलेन्स नेपाल सरकारको पुर्ण भन्सार राजस्व छुटमा रहेकोले बिरामीलाई खर्च कटौती गरेर छुट दिने लक्ष्य रहेको हस्पिटलका व्यवस्थापक शक्ति किरण बुढाथोकीले जानकारी दिए । उनका अनुसार अस्पतालले कोभिड -१९ को प्रकोपमा पनि बिरामीलाई फोनबाट परामर्श दिदै आएको र अस्पतालमा जाने बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार अस्पतालले सेवा दिदै आएको छ ।