अन्तर्राष्ट्रिय नेपाली समाजद्धारा बिकट लिम्चुङबुङका कोभिड बिरामीलाई सहयोग सामाग्री

everest kitchen

काठमाडौं । अन्तराष्ट्रिय नेपली समाजको देशभर राहत वितरण गर्ने केन्द्रिय योजना अनुरुप एक नम्बर प्रदेशको राहत वितरण गरेको छ । समाजले उदयपुर जिल्लाको कर्णाली भनेर चिनिने विकट पहाडी बस्ति लिम्चुङबुङ गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका बिरामीलाई राहत वितरण गरेको हो ।

समाजका केन्द्रिय उपाध्यक्ष झलक बुढाथोकीको नेत्रित्वमा समाजका महिला समिति उपाध्यक्ष नजबुल खान, राष्ट्रिय समिति नेपालका सदस्यहरु रुपा राई र पारु विश्वकर्माको सक्रियतामा आइसोलेसन सेन्टरमा रहेका सम्पुर्ण कोरोना संक्रमित विरामिहरुलाई डाक्टरको सल्लाहा बमोजिमको विभिन्न प्रकारका पौष्टिक आहार सामग्री हस्तान्तरण गरेको बताएको छ ।

लिम्चुङबुङ-काठमाडौ समन्वय समाजका संयोजक तबिन्द्र राईको संजोजनमा उदयपुरको सदरमुकाम स्थित गाउँपालिकाका प्रेस सल्लाहाकार दिनेश राई मार्फत लिम्चुङबुङ गाउँपालिकालाई राहत हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

बिरामीलाई पौष्टिक आहार सामग्री अन्तरगत १५ बोरा गुणस्तरीय चामल, १० क्रेट अण्डा, १ बोरा चना, १ बोरा मटर, १ बोरा मुगीको दाल, १ कार्टुन ताजा स्याउ, १ कार्टुन ताजा अनार र केहि थान पीपीई हस्तान्तरण गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली समाजले प्रवासमा रहेका नेपालीहरुको सहयोगमा देशका विभिन्न स्थानमा सहयोग पठाई रहेको समाजका केन्द्रिय उपाध्यक्ष इश्वर राईले जानकारी दिए । उनका अनुसार अन्तराष्ट्रिय नेपाली समाजको केन्द्रले पठाएको रकम देशभर पुग्नु पर्ने भएकोले यस वितरण केन्द्रमा मात्रै प्रयाप्त नभएकोले यसमा केहि उदयपुरे युवाहरुले पनि रकम थप गरि राहत वितरण व्यापक बनाउने क्रम जारी रहेको छ ।