गायक बादल थापाको “मा कसम” सार्वजनिक (भिडियो)

everest kitchen

समीर मल्ल । गायक बादल थापाको आवाजमा हेर यो मुटुमा चिरा पर्याछ पछिको अर्को बबाल  नयाँ गीत ‘मा कसम” सार्बजनिक भएको छ । प्रेममा आधारित उक्त गीतमा गायक थापाको शब्द संगीत रहेको छ भने  देव श्रेष्ठ, निशा लामा लगायतको अभिनय रहेको छ ।

त्यसैगरी बिक्रम चौहानले उक्त म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।  बिस्टार फिल्मस् ले बजारमा ल्याएको उक्त म्यूजिक भिडियोलाई एलेक्स तिवारीले क्यामेरामा कैद गरेका हुन् ।

प्रेम र रोमान्चमा आधारित भएकाले उक्त गीत युवाहरुमाझ लोकप्रीय हुने आशा लिएको कलाकार बादल थापाले बताए । मीठो स्वरका धनी थापाले केही महिना अघि मात्रै “हेर यो मुटुमा चिरा पर्याछ गितले ” निकै चर्चा कमायको थियो ।गायनका अलबा    शब्द संगीत पनि गर्दै आयका थापा पछिल्लो पटक आफै अभिनयमा पनि देखिने गरेका छन ।

सरल स्वभाब भयका थापालाई देश बिदेशमा रहेका दर्शकहरुले पनि निकै रुचाउने गरेका छन । उनी गित संगीतका साथै  हिन्दी गितहरु गायनमा पनि त्यतिकै अब्बल छन ।