विदेशमा ५० वटा शवसहित १० हजार नेपाली अलपत्र

everest kitchen

 

काठमाडौं । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० वटा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।  नेपाल लगायत विभिन्न मुलुकहरुमा कोभिड-१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानको कारण समस्या आएपछि समाज ध्यानाकर्षण गराएको हो ।

खाडी मुलुकमा मात्रै ५० वटा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिलाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिड-१९ को कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया , साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स युएई , कतार बहराइन,ओमन लगायतका देशहरुमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरु र उक्त देशहरुमा कार्यरत रहदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो र जानकारी दिनहुँ आउने गरेको समाजले उल्लेख गरेको छ ।