मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ संक्रमित हुदा १ सय ९ जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ हजार १०५ जनाले कोरोना मुक्त भएपछि घर फर्किएका छन् । यस्तै, १०९ जनाको निधन भएको छ ।

त्यस्तै , पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् ।

यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।