सुदूरपश्चिमेली नेपाली समाज साउदी अधिवेशन सम्पन्न : अध्यक्षमा खेमराज भट्ट

everest kitchen

काठमाडौं । नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साउदी अरबको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले खेमराज भट्टको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय समिति चयन गरेको हो ।

नयाँ समितिमा बरिष्ठ उपाध्यक्षमा पदम महत,प्रथम उपाध्यक्षमा ध्वज बहादुर साऊँद, (धिरज)द्वितीय उपाध्यक्षमा चक्र मल्ल, तृतीय उपाध्यक्षमा ललित सिंह,महासचिवमा केशव सिंह,सचिवमा अर्जुन माल,सह-सचिवमा केशव सिंह धामी कोषाध्यक्षमा राम बहादुर रोकाया,सह कोषाध्यक्षमा राम बहादुर बिष्ट रहेको छन ।

यस्तै सदस्यहरुमा आर जे पन्त,धन नाथ,बशन्त भट्ट ,गोबिन्द सिंह बोहरा,धरम ऐर ,बाबु रिजाल, दिपक बहादुर सिंह, हरि ओझा, दिपक बोगटी, रोहित पाली,सिद्धराज भट्ट, सुरत राज सोती,दिपक लुहार,पदमराज भट्ट,सुरत रावल,राम परियार, महिला संयोजमा श्रीमती सबिता गौतम लाई चयन गरेको छ।

साउदी अरब तदर्थ समितिका संयोजक समेत रहेका जगदीश नाथलाई संरक्षकमा चयन गरेको छ भने प्रमुख सल्लाहकारमा बिष्णु तमोली ,बरिष्ठ सल्लाहकारमा रबिन राई र सल्लाहकारमा श्री दीर्घराज निरौला लाई चयन गरेको छ । अधिवेशन भर्चुअलको माध्यमबाट सम्पन्न भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब तदर्थ समितिका संयोजक जगदीश नाथको सभापतित्वमा भएको प्रथम अधिबेशनका प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धन बहादुर बलायर रहनुभएको थियो भने विशिष्ट अथितिमा एनआरएनए एनसिसिका निबर्तमान अध्यक्ष नारायण पासवान,अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेल रहेका थिए ।

अथिति हरुमा सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय सचिव उमेश जोशी,नेपाल समन्वय समिति संयोजक चेतन बहादुर थापा, राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्ल, राष्ट्रिय समिति भारतका प्रथम उपाध्यक्ष दिपक खड्का, राष्ट्रिय समिति बहराइनका अध्यक्ष ईन्द्र बहादुर बिष्ट र अन्तर संस्था समन्वय समितिका महासचिव नागेश तामाङ रहेका थिए ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै साउदी अरबमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासीहरूको सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको छाता संगठनको रुपमा स्थापना भएको राष्ट्रिय समितिका महासचिव केशव सिंहले बताए ।

सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबको संगठन विस्तार गर्नमा विशेष भूमिका निर्वाह गर्नुहुने र संस्थालाई दिनुभएको अहम योगदानका लागि समाजका केन्द्रिय कोषाध्यक्ष भुवन प्रशाद भट्ट, केन्द्रीय द-एसिया संयोजक एवं प्रचार प्रसार प्रमुख दिनेश खड्का’खप्तडी, राष्ट्रिय समिति बहराइनका अध्यक्ष इन्द्र बिष्ट लगायतलाई नवगठित कार्यसमितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको महासचिव सिंहले जानकारी दिए ।