मिलन खड्काले निर्देशनमा बादल थापाको नयाँ गित “धुरुरु” टिकटकमा चर्चा (भिडियो)

everest kitchen

काठमाडौं । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ।लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ। जुन गित सामाजिक सञ्जाल टिकटकमा निकै चर्चा बटुलिरहेको पाएको छ । मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ।

गीतको भिडयो चक्र बहादुर बरालले खिचेका छन भने सम्पादन हिम सागर बामले गरेका हुन्। यो गीतको सहायक निर्देशन पनि हीम सागर बमले नै गरेका हुन् ।