ब्राजील फुटबलका प्रमुख यौन विवादमा, ३० दिनको लागि निलम्बित

everest kitchen

एजेन्सी । ब्राजील फुटबल संघका अध्यक्ष रोजेरियो काबोक्लो यौन विवादमा परेका छन । जसकारण उनलाई ३० दिनको लागि निलम्बित गरिएको छ । सीबीएफले आइतबार जारी गरेको एक विज्ञप्तिमा नैतिक समितिले रोजेरियो काबोक्लोलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णयबाट अवगत गराएको छ। समितिले हाल आरोपहरूको छानबिन गरिरहेको र निलम्बन बढाउन सकिने जनाएको छ।

रोजेरियो काबोक्लोले आफुले कुनैपनि गलत कार्य नगरेको बताएका छन। ग्लोबो ईस्पोर्ट्स वेबसाइटका अनुसार शुक्रबार उनीमाथि पूर्व महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाइएकी थिईन । शनिबार वकिलले यो मुद्दामा काबोक्लो आफुलाई निर्दोष प्रमाणित गर्ने बताए पनि यस बारेमा उनले विस्तृत रुपमा बोल्न चाहेनन ।

रोजेरियो काबोक्लोको नेतृत्वमा ब्राजिलले गत हप्ता कोपा अमेरिकाको आयोजना जुन १३ देखि गर्ने अवसर पाएको छ । अर्जेन्टिना र कोलम्बियालाई संयुक्त आयोजकबाट हटाइए पछि ब्राजीललाई यो महाद्वीप प्रतियोगिताको आयोजना गर्ने जिम्मा दिइएको छ। काबोक्लो विवादमा परेपछि एन्टोनियो कार्लोस नुन्सले रोजेरियोले अन्तरिम अध्यक्षको पदभार सम्हाल्ने छन। नुन्सले यसअघि पूर्ववर्ती मार्को पोलो डेल नेरोलाई फिफाले भ्रष्टाचारको मुद्वामा प्रतिबन्धित लगाएपछि सन २०१७ देखि २०१९ सम्म यो पद सम्हालेका थिए ।