टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने

everest kitchen

एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा कन्डम उत्पादन गराएको समाचार बाहिर आएको छ । तर आयोजक समितिले वितरण गर्ने कन्डम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यी कन्डमहरुको बारेमा आयोजकले खेलाडीहरूले खेल समयमा यसलाई प्रयोग गर्न नपाउने, बरु यसलाई सम्झनाको चिनो स्वरुप आफुसँगै राखेर ओलम्पिक सकेपछि लिएर फर्कन पाउने बताएका छन ।

कन्डम वितरणको परम्परा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) द्वारा एड्स बिरुद्व जागरूकता ल्याउन शुरू गरिएको थियो। यस पटक पनि यो परम्परा अन्तर्गत खेलकुदमा भाग लिने खेलाडीहरूलाई खेल गाउँमा रहँदा निःशुल्क कन्डम दिइनेछ। यसका लागि समितिले १.६ लाख भन्दा बढी कन्डम वितरण गर्नेछ। अर्थात हरेक खेलाडीहरुले १४ कन्डम पाउनेछन, तर उनीहरुलाई कन्डमहरू यहाँ प्रयोग गर्न निषेध गरिएको छ।

समितिले खेलाडीहरुलाई एक अर्कालाई छुने बाट रोक्न यो निर्णय लिएको जनाएको छ। कोरोना महामारीको कारण खेलाडीहरुले एक अर्काबाट शारीरिक दूरी कायम राख्नको लागि यो उत्तम उपाय हो। यसका साथै समितिले ३३ पृष्ठको प्लेबुक पनि जारी गरेको छ। जसमा शारीरिक सम्पर्क न्यूनतम गर्न लगायत धेरै प्रकारका निर्देशनहरू दिइएको छ ।