रङ्गशाला निर्माणको लागि मलेसियाको एनसेल कम्पनीमा कार्यरत श्रमिकहरुले पठाए सहयोग

everest kitchen

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।

रङ्गशाला निर्माण अभियानका लागि मलेशियाको सेलाङगर,शाह आलममा रहेको एनसेल कम्पनीमा कार्यरत नेपालीहरुको सक्रियतामा ९१ हजार ५ सय ८६ रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन् ।

रङ्गशाला निर्माणमा थोरै भएपनि सहयोग पुगोस् भनेर उक्त कम्पनीमा कार्यरत श्रमिक अगुवाहरुको पहलपछि सहयोग रकम जुटेको एक अभियान्ताहरुले बताएका छन् । साथै उक्त सहयोग कार्यका हातेमालो गरेर सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।